काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले बामपन्थी एकता नभइ सत्ता समीकरणका रूपमा मात्र हेर्न आग्रह गरेका छन्।
आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले बामपन्थी एकता नभइ सत्ता समीकरणका रूपमा मात्र हेर्न आग्रह गरेका हुन्।
उनले भने,‘समीकरण वामपन्थीको मात्र गरेको हैन, वाम एकता भन्नु सही पनि छैन, वाम गैरवाम सबै छन्। यसलाई सत्ता समीकरणको रूपमा लिएका छौँ। राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ। अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौँ।’































प्रतिक्रिया