काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै अगाडि सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कति दिन टिक्ने टुङ्गो नभएको दाबी गरेका छन्।
सोमबार नेकपा स्थापना दिवसका अवसरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमबोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डकै अगाडि अहिलेको सत्ता गठबन्धन कति दिन टिक्ने टुङ्गो नभएको दाबी गरेका हुन्।
उनले भने, ‘परिस्थिति जटिल छ। छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन। त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ। मैले दिन सक्दिन। तर पनि अलिअलि भन्न सक्छु। परिस्थिति सहज छैन। हामी सहज मानिरहेका छैनौँ। सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ।’





























प्रतिक्रिया