टाटासुमो दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

टाटासुमो दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

त्रिशूली–रसुवागढी सडकमार्गमा टाटासुमो दुर्घटना भएको छ । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो सोमबार साँझ मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घलेको मृत्यु भएको छ । दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी त्लेतङ घले बेपत्ता भएका छन्।

६ जना घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्सि सापकोटाले जानकारी दिए । उनका अनुसार साँझ ६ बजे पोखराबाट नुवाकोटको विदुर हुँदै रसुवाको गोल्जुङ जाँदै गरेको जीप गुम्चेतमा सडकबाट एकसय मिटर तल खसेर दुर्घटना भएको हो ।

Skip This
Skip This
Logo