काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले चौकीमा आक्रमणको प्रयास गरेपछि सरकारले थप सुरक्षाकर्मी पठाएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेका थिए ।
तर प्रहरी रातिनै भागेर अन्यत्र सरेपछि कुनै मानवीय क्षति भने हुन सकेन् । र थप सुरक्षाको लागि भन्दै काठमाडौं र विराटनगरबाट थप सुरक्षाकर्मी खटाईएको हो ।
हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले विप्लव समूहको उपस्थित बाक्लो बनाएको स्वीकार गरेका छन् । विप्लवले आफ्नो उपस्थिति बढाएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गर्र्न सुरक्षा समितिको बैठक बसेको छ । प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली पनि पुगेको छ । त्यस्तै सेनाले हवाई गस्ती समेत बढाएको छ ।





























प्रतिक्रिया