पत्नीविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि स्पेनका प्रधानमन्त्रीले राजिनामा दिने संकेत देखाए

पत्नीविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि स्पेनका प्रधानमन्त्रीले राजिनामा दिने संकेत देखाए

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन् । उनले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको बातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गरेका छन् ।

त्यसअघि आफ्ना सबै सरकारी काम रोकेको उनको भनाइ छ । भ्रष्टाचारको आरोप लागेपछि प्रधानमन्त्री सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध न्यायिक छानविन सुरु भइसकेको छ ।

त्यसो त प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथि लगाइएको आरोप गलत भएको समेत दाबी गरेका छन् । ‘यो आरोप गलत हो । तर यस्तो आरोप लागिसकेपछि मैले जिम्मेवारीमा रहिरहन मिल्दैन,’ उनले टिप्पणी गरेका छन्, ‘मैले केही समय कामहरु रोकेर सोच्नुपर्छ, मैले सरकारको नेतृत्व गरिरहने वा यसलाई सम्मानपूर्णरुपमा त्याग्ने भन्ने प्रश्नको जवाफ तत्काल खोज्नुपर्छ ।’

प्रधानमन्त्री पत्नी गोमेजविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपबारे भने केहीखुलाइएको छैन ।

Skip This
Skip This
Logo