चितवन कालिका नगरपालिकाले एकल, दलित र विपन्न महिलालाई निःशुल्क सवारी चालक तालिम दिने

चितवन कालिका नगरपालिकाले एकल, दलित र विपन्न महिलालाई निःशुल्क सवारी चालक तालिम दिने

केन्द्रबिन्दु
6
Shares

नारायणगढ (चितवन) । कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालीमले महिलाहरुलाई स्वदेश तथा बिदेशमा जहाँ गए पनि व्यवसायिक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताए। उनले भने, “सीप भएका मानिसलाई कामको दुःख छैन । ”

कालिका–४ पदमपुरस्थित शहिद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे सवारी साधन चालक तालिम सुरु गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी गौतमले जानकारी दिए। व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले बताए।

Skip This
Skip This
Logo