विश्वकप क्रिकेट अन्तर्रगत आज दक्षिण एशियाली टोली बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
जारी विश्वकपमा दक्षिण एशियाली टोलीले खराब शुरुवात गरिरहेका वेला बंगलादेशलाई पहिलो खेलमा जित निकाल्ने दवाव छ । यसअघि, श्रीलंका र अफगानिस्तान आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।
त्यसो त आफ्नो पहिलो खेल हारेको अफ्रिकी टोली पनि बंगलादेशलाई पराजित गर्दै दुइ अंक जोड्न चाहान्छ । बंगलादेशलाई उसका ओपनिङ ब्याट्सम्यान तमिम इकबालको फिटनेसले सताएको छ । तमिम पूर्ण रुपमा म्याचफिट नभएपनि आज खेल्ने सम्भावना रहेको छ ।
बंगलादेशले तुलनात्मक रुपमा बलियो मानिएको दक्षिण अफ्रिकालाई पराजित गर्न सन् २००७ को एक खेलबाट प्रेरणा लिने छ । विश्वकपको उक्त खेलमा बङलादेशले अफ्रिकी टोलीलाई पराजित गर्दै सनसनी मच्चाएको थियो ।
बंगलादेशले हरेक विश्वकपमा कुनै न कुनै ठूलो टोलीलाई पराजित गर्दै आइरहेको छ । ओभलमै भएको उद्घाटन खेलमा आयोजक इङल्याण्डसंग पराजित भएको दक्षिण अफ्रिका लगातार दोस्रो खेलमा पनि पराजय भोग्न चाहदैन । त्यसैले पनि सोही मैदानमा आज सम्हालिएर खेल्नुपर्ने उसको बाध्यता छ ।
यी दुईविचको खेल नेपाली समय अनुसार सवा तीन बजेदेखि शुरु हुनेछ ।































प्रतिक्रिया