अहिले काठमाडौँमा ठूलो हावाहुरीसहित मुसलधारे बर्षा भैरहेको छ। काठमाडौ, ललितपुर र भक्तपुर तिनै जिल्लामा भारी बर्षा भएको हो।
यतिबेला उपत्यकाको मौसम अन्धकार देखिएको छ। हावाहुरीले केही घरको छानोसमेत उडाएको छ। घरका झ्याल ढोकामा क्षति पुर्याएको छ।
आज पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अबको तीन दिन काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन सहित बर्षा हुनेछ।





























प्रतिक्रिया