राष्ट्रिय मुद्दाको सम्बोधनमा एमाले निर्विकल्प: मन्त्री भण्‍डारी

राष्ट्रिय मुद्दाको सम्बोधनमा एमाले निर्विकल्प: मन्त्री भण्‍डारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एमाले नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकका राष्ट्रिय मुद्दाहरुको सम्बोधन एमाले बाहेक कुनै शक्तिले गर्न नसक्ने दाबी गरेका छन्।

एमाले बैतडी–काठमाडौं सम्पर्क मञ्चको नवौं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकताहरुलाई बोध गरेर एमाले सत्ता सञ्चालन गर्नुपर्ने महत्वपूर्ण ठाउँमा पुगेको बताए।

उनले भने,‘नेकपा एमालेलाई घेराबन्दी गर्दागर्दै गरेको सफलताले नै राष्ट्रिय मुद्दालाई सम्बोधन गरे जनमत प्राप्त गर्न गाह्रो नरहेको कुरा स्पष्ट पारिसकेको छ। राष्ट्रिय मुद्दाका सम्बन्धमा नेकपा एमालेबाहेक अरु शक्तिले गर्दैन भन्ने कुरा वर्तमान राजनीतिक घटनाक्रमहरुले देखाइसकेको छ। राष्ट्रिय आवश्यकताहरुलाई बोध गरेर नेकपा एमाले आज राष्ट्रिय राजनीतिमा सत्ता सञ्चालन गर्नुपर्ने महत्वपूर्ण ठाउँमा पुगेको छ। यद्यपि हामीले बहुमत प्राप्त गर्न सकेनौं। बहुमत प्राप्त नगरीकन हामी निर्णायक भूमिकामा पुग्न सक्दैनौं। तर, आज नेकपा उमालेको नीति, नेतृत्व र विचारले मात्र राष्ट्रले सही बाटो, सहि गन्तव्य प्राप्त गर्न सक्ने भन्ने कुरा पुष्टि भएको छ।’

सबै तहका नेता र कार्यकर्ताहरुले पार्टीको नेतृत्व र सिद्धान्तलाई स्थापित गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ। पार्टीको नीति र सिद्धान्त अनुरुप काम गर्न सकिएमात्र मिसन ०८४ सफल हुने उनले उल्लेख गरे।

Skip This
Skip This
Logo