इलाममा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाममा एमालेका सुहाङ नेम्वाङ विजयी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्‍वार सुहाङ नेम्वाङ विजयी भएका छन्।

नेम्वाङले २७ हजार ७५२ मत प्राप्त गरेका हुन्। उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० को फराकिलो अन्तरले पराजित गरेका हुन्।

खड्काले २१ हजार ९४२ मत प्राप्त गरे। तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत प्राप्त गरे।

रास्वपाका उम्मेद्वार मिलन लिम्बुले भने ५०५० मत प्राप्त गरे।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते सो क्षेत्रमा उपनिर्वाचन भएको हो।

Skip This
Skip This
Logo