क्रिकेट रङ्गशालाको बार भत्काउने नेकपाका दुई नेता निलम्बित

क्रिकेट रङ्गशालाको बार भत्काउने नेकपाका दुई नेता निलम्बित

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्वन गरेको छ ।

पार्टीले कँडेललाई पूर्णरुपमा निलम्वन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महीनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । पार्टीले आज जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउनसमेत आग्रह गरेको छ ।

जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ ।

कँडेल र बस्ताकोटीसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए ।

Skip This
Skip This
Logo