काठमाडौं ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’असन्तुष्ट बनेका छन् । उनले सो अध्यादेश खारेज हुने पर्ने बताएका छन् ।
आज बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेपछि आन्तरिक विवाद झेलिरहेको नेकपामा तरंग ल्याएको छ ।
यस विषयमा औपचारिक धारणका लागि दाहालसहित सचिवालयका केही नेताहरु आन्तरिक परामर्शमा जुटेका छन् ।
अध्यादेश जारी भएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलमा जुटेका हुन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।
आज बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक साँझ सम्मका लागि स्थगित भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । सो अध्यादेशले ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या घटाएको छ ।
आज बिहानको बैठकमा भाग लिएका देउवा अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा उपस्थित नहुने भएका हुन् ।





























प्रतिक्रिया