काठमाडौं । सरकारले आगामी २०७६/७७ वर्षको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७६र७७ वर्षको बजेट सार्वजनिक गरेका हुन्। आर्थिक वर्ष २०७६/७७ का लागि खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन्।
अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि चालूतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको बताए।
सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ। सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/budget-speech-Final-15-Final.pdf&































प्रतिक्रिया