बजेटबारे बाबुरामको प्रतिक्रिया, ‘निरन्तरता र वितरणमुखी भयो’

बजेटबारे बाबुरामको प्रतिक्रिया, ‘निरन्तरता र वितरणमुखी भयो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले ल्याएको आर्थिक बर्ष २०७६/७७ को बजेट निरन्तरता र वितरणमुखी भएको प्रतिक्रिया दिएका छन् । संघीय संसद भवन परिसरमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई गुणात्मक ढंगले परिर्वतन गर्ने संरचनात्मक सुधारको योजना नभएको टिप्पणी गरे ।

सरकारले रोजगारी श्रृजना गर्ने भनेर पनि सो अनुसारको परियोजनाहरु नभएको उनले बताए । उनले मुलुकको अर्थतन्त्रमाथि उकास्नका लागि उत्पादन बढाउने र रोजगारी बढाउने किसिकमा आयोजना नभएकाले बजेट निरन्तर र वितरणमुखी मात्रै भएको दाबी गरे ।

राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले केन्द्रीय सोचमा बजेट आएको प्रतिक्रिया दिए । त्यसैगरी महन्थ ठाकुरले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरे । अर्का सांसद महिन्द्र राय यादवले बजेट परम्परावादी बजेटकै निरन्तरता भएको टिप्पणी गरे ।

Skip This
Skip This
Logo