१७२ रनमा वेस्ट इन्डिजले गुमायो दोस्रो विकेट

१७२ रनमा वेस्ट इन्डिजले गुमायो दोस्रो विकेट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालविरूद्ध तेस्रो टी-२० खेलिरहेको वेस्ट इन्डिज ‘ए’ले दोस्रो विकेट गुमाएको छ।

वेस्ट इन्डिजका आन्द्रे फ्लेचरको विकेट नेपालका लागि सागर ढकालले लिएका हुन्। उनी ३३ बलमा ५३ रन जोड्दै पभेलियन फर्के।

वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा २ विकेट गुमाउँदै १५.५ ओभरमा १७२ रनमा खेलिरहेको छ।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

शनिबार भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’माथि नेपालले ४ विकेटले जित निकालेको थियो।

यस्तै, आइतबार भएको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग नेपाल १० रनले पराजित भएको थियो।

Skip This
Skip This
Logo