‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’

‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोषा गर्न नसकेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनाव अघि पानीमा भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बताए।

उनले भने,‘चुनावपछि खोलो तर्यो लौरो बिर्सियो भने जस्तो भयो। प्रचण्डजी ले चुनाव अघि पानीमा भिजेको बिरालो जस्तो भएको मान्छे बाघ जस्तो भएर चुनावपछि गर्जन थाल्नुभयो। ’

उनले दाहालले खोलो तर्यो लौरो बिर्सियो भनेझै आफूलाई व्यवहार गरेको स्मरण गर्दै थपे,‘अब फेरि माओवादी पार्टीलाई हामी समाजवादी पार्टीमा रुपान्तरण गर्छौँ। मिलेर जाऔँ भन्नुभयो। तर, प्रचण्ड जी माथि मेरो विश्वास थिएन्। उहाँ त सत्ताको लागि जे पनि गर्नुहुन्छ। तपाईं कुर्सीमा बस्ने हो भन्यो भने उहाँ जतापनि बस्दिनुहुन्छ भन्ने मलाई थाहा थियो।’

भट्टराईले माओवादीसँग नयाँ ढंगबाट पार्टी एकता गरेर जाने सन्दर्भमा कुनै कुरा नै नभएको दाबी गरेका छन्। ‘माओवादी युग र विचारको समय सकियो नयाँ ढङ्गबाट समाजवादी सहितको धु्र्विकरण छ हामी त्यसमा आउँछौं भनेको हो। त्यहाँ पार्टी एकिकरण गर्ने कहिँ भनेको थिएन,’ भट्टराईले भने।

Skip This
Skip This
Logo