८ वर्षीया बालकलाई अपहरण गरी हत्या गर्ने अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिईएको छ ।
प्रहरीले भारत घर बताउने वीरगन्जको प्रगतिनगरमै डेरा गरी बस्ने वर्ष २१ को विकास शर्मा, बाराको कलैया घर भएका सिकेन्द्र साह तेली र बाराकै खपरताता घर भएका राम विनेश महतोलाई नियन्त्रणमा लिएको हो । प्रहरीको गोली लागेर शर्मा र साह तेली घाइते भएका छन् । कम्मरमुनि गोली लागेका उनीहरुको हाल नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका शम्भु साहका ८ वर्षीय छोराको अपहरणपछि हत्या भएको थियो । प्रहरीका अनुसार शम्भुका ८ वर्षीय छोरा जेठ १० गते बेपत्ता भएका थिए । सोही दिन राति ९ बजेतिर अपरिचित नम्बरबाट ३० लाख रुपैयाँ फिरौती माग गर्दै शम्भुलाई फोन आएपछि बालक अपहरणमा परेको खुलेको थियो ।
पक्राउ परेका व्यक्तिहरुले बच्चालाई मारेर बाराको कलैया–२५ अन्तर्गत खौराही खोलामा फालेको बताएका थिए । बालकको खोजीकै क्रममा पक्राउ परेका तीनैजनाले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।































प्रतिक्रिया