चार वर्षदेखि बन्द सिन्धुपाल्चोकस्थित तातोपानी नाका आज (बुधबार) देखि खुल्ने भएको छ।
नेपाल–चीनको उत्तरी सीमामा पर्ने तातोपानी नाका गणतन्त्र दिवसकै दिन (जेठ १५) पारेर खुलाउन लागिएको हो। दुई देश जोड्ने मितेरी पुल, बन्दरगाह पुनर्निर्माण सम्पन्न भएकाले तातोपानी नाका खुलाउन लागिएको हो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य, मन्त्रालयका सचिव तथा वरिष्ठ अधिकारी तथा चीनका तर्फबाट ‘भाइस मिनिस्टर अफ जनरल एडमिनिस्ट्रेसन कस्टम अफ चाइना’ र ‘चेयरमेन अफ द तिब्बत अटोनमस रिजन’ लगायतको सहभागिता रहने छ। कार्यक्रममा मन्त्री यादव र चीन सरकारका प्रतिनिधिले संयुक्त रूपमा रिबन काटेर तातोपानी नाका खुलेको घोषणा गरिने कार्यक्रम छ।
चीनले नेपाललाई त्यहाँ निर्माण गरिएको सुख्खा बन्दरगाह पनि आजै हस्तान्तरण गर्ने कार्यक्रम छ।चिनियाँ भूमिबाट चारवटा कन्टेनरमा ऊन लोड गरेर मितेरी पुलबाटै नेपाल पठाएर नाका खुलाइनेछ।
२०७२ वैशाख १२ गते गएको भूकम्पले मितेरी पुल ध्वस्त पारेपछि तातोपानी नाका बन्द भएको थियो।





























प्रतिक्रिया