कुशल भुर्तेलले लिए विष्फोटक ब्याटिङ गरेका चार्ल्सको विकेट

कुशल भुर्तेलले लिए विष्फोटक ब्याटिङ गरेका चार्ल्सको विकेट

केन्द्रबिन्दु
12
Shares

टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई दोस्रो सपलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङकाो निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले महत्वपूर्ण विकेट दिलाएका हुन् । उनले १०औं ओभरको अन्तिम बलमा विष्फोटक ब्याटिङ गरेको जोन्सन चाल्र्सलाई आउट गरेका हुन् । चाल्र्सले ३० बलमै ६ छक्काको मदतमा ५८ रन जोडे ।

हाल वेस्ट इन्डिज ‘ए’ले २ विकेटको क्षतिमा ११० रन जोडिसकेको छ । यसअघि वेस्ट इन्डिजका एलिक एथेनाजेको विकेट नेपालका लागि प्रतिश जीसी लिएका थिए । उनले दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन् ।

आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ ।

यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र विजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए । यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो ।

Skip This
Skip This
Logo