संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ बाट सुरू हुने

संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ बाट सुरू हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ  ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनका निम्ति सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ ।

उनका अनुसार मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

बजेट अधिवेशनलाई बर्खे अधिवेशन पनि भनिन्छ । सरकार अहिले बजेट निर्माणको चरणमा छ ।

Logo