अष्ट्रेलियाले नेपाल आउने आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । राजधानी काठमाडौंमा आइतबार भएको बम विष्फोटबाट चार जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्नो नागरिकलाई सतर्क रहन एडभाइजरी जारी गरेको हो ।
डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेडले एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई नेपालमा उच्च सतर्कता अपनाउन भनिएको छ । सन्देशमा सन् २००६ अगाडि तत्कालिन माओवादी गुरिल्लाकै शैलीमा पुनः विष्फोटहरु भएको उल्लेख गर्दै योजना बनाइएका भ्रमण स्थगित गर्न नपर्ने भन्दै विशेष सतर्क रहन सुझाव दिइएको छ । काठमाडौंमा भएको विस्फोटमा प्रेसर कुकर बम भएको पनि उल्लेख गरिएको छ ।
अष्ट्रेलियाले चार तहका एडभाइजरी जारी गर्ने गरेको छ ।































प्रतिक्रिया