सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८ प्रतिशत लाभांश घोषणा, नगद कति ?

सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८ प्रतिशत लाभांश घोषणा, नगद कति ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका हो।

कम्पनीको संचालक समितिको बैठकले हाल कायम शेयर प्रिमियमबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको गरेपश्चा यो निर्णय गरेको बताइएको छ। कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि निर्णय पनि समितिले गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड २५ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख छ भने प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५३ करोड नाघ्ने बताइएको छ। नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। इन्स्योरेन्सले चुक्ता पुँजी बृद्धि गर्नका लागि उक्त लाभांश वितरण गर्न लागेको बताएको छ।

Skip This
Skip This
Logo