एनआईसी एशिया बैंकले ल्यायाे कर्जा ग्राहकहरुलाई छुटसम्वन्धी आकर्षक योजना

एनआईसी एशिया बैंकले ल्यायाे कर्जा ग्राहकहरुलाई छुटसम्वन्धी आकर्षक योजना

केन्द्रबिन्दु
24
Shares

एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न आकर्षक छुटसम्वन्धी योजना सार्वजनिक ल्याएकाे छ ।

बैंकले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको हाे ।

९१ दिनदेखि १८० दिन भाखा नाघेकालाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेकालाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भएकालाई ३५ प्रतिशत छुट दिने भएकाे हाे ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएकाे छ ।

Skip This
Skip This
Logo