५ सय ५० जना आरोही सगरमाथाको चुचुरोमा

५ सय ५० जना आरोही सगरमाथाको चुचुरोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

चालू सिजनको बिहीबारसम्म ५ सय ५० जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाकी प्रमुख मीरा आचार्यका अनुसार आरोही र तिनका सहयोगी शेर्पा, गाइड र सरदार गरी अहिलेसम्म ५ सय ५० जनाले सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागबाट अनुमति लिएका आरोही कतिले आरोहण परित्याग गरे भन्ने तथ्यांक भने संकलन भइरहेको उनले जानकारी दिइन् ।

सगरमाथा आधार शिविरमा रहेका सूचना अधिकारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार बिहीबार मात्रै १ सय २१ जनाले सफल आरोहण गरेका छन् । उनले भने, ‘अहिलेसम्म ३ सय आरोहीले आरोहण गरिसकेका छन् । शुक्रबार मौसम अनुकूल हुने अनुमान गरिएकाले ठूलो मात्रामा आरोहीहरू सगरमाथातर्फ जाने योजनामा छन् ।’

त्यसपछि मौसम प्रतिकूल हुने भएकाले आउँदो १३ गते सोमबार बाँकी आरोहीले आरोहण गर्ने तालिका रहेको उनले जानकारी दिए । उनले भने, ‘मौसमको पूर्वानुमान हेर्दा सम्भवतः १३ गते सोमबारको आरोहण यस सिजनको अन्तिम आरोहण हुने सम्भावना छ ।’

आरोहणका क्रममा ४ जनाको निधन

सगरमाथा आरोहणका क्रममा यस वर्ष चारजना आरोहीको निधन भएको छ । जसमा दुईजना भारतीय रवि र अञ्जनी कुल्कर्णी, एक अमेरिकन नागरिक बोनाल्ड ल्यान्क्यास र आयरल्यान्डका स्यामुसे सियान रहेका छन् ।
नयाँ पत्रिकाबाट

Logo