२०८१ बैशाख ३० गतेदेखि जेठ ५ सम्मको राशिफल ।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।
तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –
मेष राशि
मेष राशि हुनेहरुका लागि यो साता धेरै शुभ रहनेछ। यो साता तपाईंले त्यस्तो काम गर्ने प्रयास गर्नुहुनेछ जसले तपाईंको जीवनमा परिवर्तन ल्याउनेछ । आत्मविश्वासमा उल्लेखनीय सुधार आउनेछ तर सोचविचार गरी निर्णय लिनुपर्ने देखिन्छ । दीर्घकालिन सोच राख्दा मात्र फाइदा हुनेछ । कुनै पनि कामको बारेमा पहिले नै मनमा नकारात्मक विचार नल्याउनुहोस् । कार्यस्थलमा अधिकार वृद्धि हुने देखिन्छ ।
विद्यार्थीहरूले अध्ययनमा राम्रो नतिजा ल्याउनेछन्। राजनीतिमा संलग्न व्यक्तिले आफ्नो बुद्धिले उच्च पद प्राप्त गर्नेछन्। चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागि यो साता निकै राम्रो रहनेछ । व्यापार व्यवसायमा संलग्न व्यक्तिले नयाँ काममा लगानी गर्न सक्नेछन् । यात्राबाट लाभ मिल्नेछ । सञ्चार र प्रविधिको क्षेत्रमा आबद्ध व्यक्तिले आफ्नो बोली र रिसलाई नियन्त्रणमा राख्न आवश्यक छ । साताको अन्त्यमा भाग्यले साथ दिनेछ ।अविवाहित हुनुहुन्छ भने विवाह हुने सम्भावना छ ।
उपाय- ॐ नम शिवाय मन्त्रको सधैं जप गर्नुस् ।
वृष राशि
वृष राशि हुनेहरुका लागि यो साता पुराना रोकिएका कामहरु पुरा हुन सक्नेछन् । आफ्नो व्यस्त जीवनबाट आफ्ना प्रियजनहरूलाई केही समय दिनुहोस् । महिलाहरूले अत्यधिक भावुकताबाट बच्नुपर्छ । नयाँ व्यक्तिहरूसँग सम्बन्ध बनाउनु अघि सोच्नुहोस्। चाहिएको कुराहरु धेरै हदसम्म पूरा हुनेछ । आत्मविश्वास बढ्नेछ। पुराना सम्पत्तिको विवाद मिलाउन सकिनेछ । दाम्पत्य जीवनको तनाव कम हुनेछ। जीवनसाथीप्रति माया र सम्मानको भावना बढ्नेछ । यो साता कामको साथसाथै आरामलाई धेरै महत्व दिनुहुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक ज्यालादारी गर्नेहरुको आम्दानीमा वृद्धि हुनसक्छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि साता राम्रो रहेको छ बाहिर जाने ढोका खुल्ने छ । कसैसँग वादविवाद नगर्नुहोस् अन्यथा अनावश्यक समस्यामा पर्न सक्छ ।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।
मिथुन राशि
मिथुन राशि हुनेहरुका लागि यो साता आफ्नो मन शान्त र एकाग्र राखेर आफ्नो कार्यस्थलमा काम गर्न आवश्यक छ । तपाईंले राम्रो कार्यसम्पादनको बारेमा सोच्नुपर्छ र व्यर्थका मुद्दाहरूमा अल्झिएर आफ्नो समय बर्बाद गर्नुहुँदैन । चिन्ता नगरी आफ्नो प्रयास जारी राख्नुभयो भने सफलता निश्चित छ । बिद्यार्थीहरुले आफ्नो पढाइमा ध्यान दिनुहोस्। आर्थिक समस्याको अन्त्य हुने सम्भावना छ । कडा परिश्रम र योजनाबद्ध लगानीबाट राम्रो नाफा कमाउनुहुनेछ । जागिरमा पदोन्नतिको सम्भावना छ ।
राजनीतिमा संलग्न व्यक्तिहरूको लागि साता तुलनात्मक रूपमा राम्रो रहनेछ।धार्मिक मन्त्र र पूजामा तल्लीन हुनुहुनेछ । बहुराष्ट्रिय कम्पनीमा काम गर्नेहरुको आम्दानी बढ्न सक्छ । सवारीसाधन चलाउँदा वा बाटो काट्दा होसियार हुनुहोस् ।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।
कर्कट राशि
कर्कट राशि हुनेहरुले यो साता आफ्नो व्यवहार सधैं सकारात्मक राख्नुहोस्। शत्रुहरुको योजना असफल हुनेछ । काममा नयाँ अवसर प्राप्त हुन सक्छ । हतारमा निर्णय गर्दा हानी हुनसक्छ । मानिसहरूले तपाईंको जीवनशैली र जीवनस्तरबाट धेरै प्रेरणा लिनेछन्। यो साता आफ्नो करियरमा धेरै सजग रहनु पर्नेछ। तपाईको कीर्ति र प्रतिष्ठा बढ्नेछ। इन्जिनियरिङ, आर्किटेक्ट आदिको तयारी गर्दै हुनुहुन्छ भने अवश्य सफलता मिल्नेछ। सरकारी जागिरको तयारी गर्दै हुनुहुन्छ भने मेहनतको फल मिल्नेछ । व्यवसायीहरुको लागि यो प्रगतिको समय हो । आफ्नो समयको सदुपयोग गर्नुहोस् र कडा परिश्रम गर्नुहोस्।
उपाय- ॐ नम शिवायको पाठ गर्नुस् ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूलाई यो साता भौतिक सुख-सुविधा बढ्नेछ । पर्यटन व्यवसायमा संलग्न व्यक्तिहरूले धेरै लाभ लिन सक्नेछन्। साताभर उत्साहले भरिपूर्ण रहनेछ। घरको वातावरण एकदमै रमाइलो रहनेछ । इच्छाअनुसार सबै काम सम्पन्न हुने देखिन्छ । आर्थिक लाभ हुन सक्छ । यो साता तपाईंका लागि राम्रो र उत्साहले भरिपूर्ण रहनेछ । कार्यस्थलमा तपाईंले गरेका नयाँ प्रयोगहरू सफल हुनेछन्, यसका कारण तपाईंले आफ्नो उच्च अधिकारीबाट प्रोत्साहन र प्रशंसा पाउनुहुनेछ । व्यापारमा प्रगतिको लागि साझेदारीमा विचार गर्नुहुनेछ । तपाईं अनिर्णयको स्थितिमा हुनुहुनेछ जसकाकारण तपाईंलाई ठोस निर्णय लिन गाह्रो हुनेछ । तपाईं आफ्ना सहकर्मीहरूको अपेक्षाहरू पूरा गर्न सक्दो प्रयास गर्नुहुनेछ। कामको चिन्ता अब हट्नेछ । व्यापारमा रोकिएको धन फिर्ता हुनेछ । विद्यार्थीहरू पढाइप्रति सचेत हुनुपर्छ, सफलता मिल्नेछ।
उपाय- प्रत्येकदिन ॐ गम गणपताय नमको १०८ जप गर्नुस् ।
कन्या राशि
कन्या राशि भएका व्यक्तिहरुकाे यो साता परिवारको सहयोगले मनोबल बढ्नेछ। बेरोजगारहरुले नयाँ काम पाउन सक्नेछन् । तपाईंको आम्दानी पनि बढ्न सक्छ। तपाईंको आर्थिक अवस्था सामान्य रहनेछ । विदेश यात्राको सम्भावना छ । यो साता आफ्ना सहकर्मीहरूसँग राम्रो व्यवहार गर्नुहोस्, तपाईंले साताको मध्यमा सकारात्मक मनोवृत्तिबाट समस्याबाट मुक्ति पाउनुहुनेछ । धार्मिक कार्यमा पनि धन खर्च हुने सम्भावना छ । तपाईंसँग धनको राम्रो प्रवाह हुनेछ, त्यसैले चिन्ता लिनुपर्दछ । कुनै पनि नयाँ व्यवसाय सुरु गर्दा अन्य व्यक्तिहरूलाई अन्धाधुन्ध विश्वास नगर्नुहोस्। घरजग्गा खरिदबिक्री, रंग, केमिकल, सरकारी काम, यात्रा, डिजाईन आदि जस्ता कम्पनीमा काम गर्ने पारिवारिक व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको लागि यो साता राम्रो छ। लेखन कार्यसँग सम्बन्धित व्यक्तिहरूले पनि उच्च स्तरको पुरस्कार प्राप्त गर्न सक्छन्।
उपाय- दुर्गा चालिसाको नियमित पाठ गर्नुस् ।
तुला राशि
तुला राशिका व्यक्तिहरूले यो साता आफ्नो काम र लक्ष्यहरूमा ध्यान केन्द्रित गर्नाले, अपेक्षित परिणामहरू प्राप्त गर्नुहुनेछ । शत्रुहरूलाई सजिलै पराजित गर्नुहुनेछ। समाजमा तपाईंको छवि धेरै राम्रो हुनेछ । यो साता अप्रत्याशित यात्राहरु हुनेछन् । आफ्ना विरोधीहरूबाट सावधान रहनुहोस्। व्यावसायिक प्रगतिका लागि नयाँ व्यक्तिहरूसँग सम्पर्क बढाउन सफल हुनुहुनेछ । यो साता व्यापार वा जागिरमा हुने कुनै पनि प्रकारको सञ्चारले तपाईको प्रगतिको नयाँ ढोका खोल्नेछ । तपाईंले प्रगतिको लागि अनुकूल अवसरहरू प्राप्त गर्नुहुनेछ, तर तपाईंले तिनीहरूलाई कसरी ठूलो परिणामहरू प्राप्त गर्न प्रयोग गर्नुहुन्छ पूर्ण रूपमा तपाईंमा निर्भर हुनेछ ।
सरकारी जागिरको तयारीमा रहेका विद्यार्थीलाई सफलता मिल्न सक्छ । धेरै दिनदेखि चल्दै आएको समस्या समाधान हुनाले मनमा प्रशन्नता रहनेछ । जागिर परिवर्तनको सम्बन्धमा तपाईंको मनमा रहेको दुविधा समाधान हुनसक्छ । बोल्दाखेरी ध्यानपूर्वक बोल्नु होला नत्र अप्ठ्यारोमा पर्न सकिन्छ ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरुकाे यो साता व्यापार व्यवसायमा वृद्धि हुनेछ । तपाईंको आर्थिक समस्या समाधान भएपछि तपाईको आत्मविश्वास बढ्नेछ । तपाईंको स्वभावमा नम्रता रहनेछ । तपाईं आफ्नो जीवनसाथीलाई किनमेल र बाहिर घुम्न लैजान सक्नुहुन्छ। बच्चाहरूले तपाईंको आदेश पालन गर्नेछन्। मानिसहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। कमिशनसम्बन्धी काममा राम्रो आम्दानी गर्न सकिनेछ । चिकित्सा क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले मान-सम्मान प्राप्त गर्न सक्छन्। तपाईंको दैनिक दिनचर्या यो हप्ता धेरै व्यस्त रहनेछ । काम गर्नेहरूका लागि यो साता राम्रो देखिन्छ । तपाईं आफ्नो बौद्धिक कौशल र व्यावसायिक रणनीतिसँग अगाडि आउनुहुनेछ । यो साता तपाईंको बोलीको प्रभावबाट सबैसँग राम्रो सम्बन्ध बनाउन सकिनेछ ।
उपाय- ॐ गमगणपताय नम नियमित १०८ जप गर्नुस् ।
धनु राशि
धनु राशिका ब्यक्तिहरुले यो साता कार्यस्थलमा विरोध र विवादको सामना गर्नुपर्नेछ। सहकर्मीसँग शान्ति कायम गर्नुका साथै वाणीमा संयम राख्नु राम्रो हुनेछ । व्यापारमा नयाँ कामको थालनी हुनेछ । यो नयाँ कामबाट आर्थिक लाभ पनि मिल्नेछ। यो साता लामो यात्रा गर्नु शुभ रहने छैन। अधिकारी वर्गबाट विचार मतभेद हुनेछ। पूँजी सोचेर लगानी गर्नुहोस्। कतै आत्मविश्वासको कमी महसुस हुनेछ। सोचविचार गरी कदम चाल्नु उपयुक्त हुनेछ । नयाँ कामको खोजीमा रहेका मानिसहरूले पनि सफलता हात पार्नेछन्।
नयाँ काम सुरु गर्न चाहनेहरूका लागि साताको मध्यदेखिको समय राम्रो रहनेछ। तपाईं आफ्नो व्यापार विस्तार गर्न नयाँ तरिकामा काम सुरु गर्न सक्नुहुन्छ। तीर्थयात्राको योजना बनाउन सकिनेछ । दृढ संकल्पको सहयोगले तपाईंले ठूलो कुरा हासिल गर्नुहुनेछ। अदालती मुद्दामा विजयी हुने सम्भावना छ । रोकिएको काम सम्पन्न भएपछि मन प्रसन्न रहनेछ। मानसिक शान्तिको अनुभव हुनेछ। महिलालाई स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ । यो साता केमिस्ट र चिकित्सा पेशासँग सम्बन्धित व्यक्तिहरूको लागि धेरै आर्थिक लाभ ल्याउनेछ।यो साता विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ । कसैले तपाईंको काममा हस्तक्षेप गरी हानी पुर्याउन सक्छ।
उपाय- विष्णु सहस्त्रनामको नियमित पाठ गर्नुस् ।
मकर राशि
मकर राशि हुनेहरुका लागि साताको प्रारम्भमा ठूला आयोजना सम्पन्न हुनाले आर्थिक लाभ मिल्नेछ । युवाहरूले आफ्नो भविष्यको लागि योजना बनाउँछन्। परिवारमा तपाईंको वर्चस्व बढ्नेछ । राजनीतिसँग सम्बन्धित व्यक्तिहरूको समस्या समाधान हुनेछ। थोक व्यापारीको आम्दानी बढ्नेछ । यो साता कडा परिश्रम र कामप्रति इमानदारीका कारण कार्यस्थलमा सफलता हात पार्न सकिनेछ । उच्च अधिकारीहरूसँग कुनै पनि प्रकारको विवादमा नपर्नुहोस्। व्यापारमा कुनै पनि निर्णय आर्थिक दृष्टिकोणबाट सोचेर मात्र लिनुहोस् र कुनै जोखिम नलिनुहोस्। कुनै पनि ठाउँमा लगानी गर्नु अघि राम्ररी सोच्नुहोस्।
अदालती मामिलाहरूमा सफलता मिल्नेछ। सामाजिक संघसंस्थामा तपाईको सहभागिता बढ्नेछ । दाम्पत्य जीवन सामान्य रहनेछ । तपाईं सामाजिक सञ्जालमार्फत पनि लोकप्रिय हुन सक्नुहुन्छ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले यो साता सावधानी अपनाउनुपर्नेछ । अन्यथा आर्थिक समस्या बढ्नेछ ।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।
कुम्भ राशि
कुम्भ राशि हुनेहरुका लागि यो साता साहित्यप्रतिको झुकाव बढ्नेछ । बुद्धिजीवीहरु माझ सम्मान मिल्नेछ । यो साता तपाईंका लागि सामान्य रहेको देखिन्छ । कार्यस्थलमा कामप्रति लापरवाही हुनेछ, ध्यानदिनु होला । कामको बोझ बढ्नाले मानसिक तनाब रहन सक्छ । व्यापारमा अधिकारीसँग सम्बन्ध सुधार्ने प्रयास हुनेछ। आर्थिक लाभको सम्भावना छ । रोकिएको पैसा फिर्ता हुनसक्छ । स्वास्थ्यमा उतारचढाव आउन सक्छ, त्यसैले आफ्नो ख्याल राख्नुहोस् । प्रेम सम्बन्धमा आएका वैचारिक मतभेद समाधान हुनेछ । यो साता विपक्षीसँग शान्ति कायम गर्नको लागि निकै शुभ रहेको छ । बुवाको सल्लाह लिएर व्यापारमा लाभ मिल्नेछ । वकिल र शिक्षकका लागि साता राम्रो रहनेछ। दाम्पत्य जीवन रोमान्टिक रहनेछ। नयाँ कामको थालनीमा सफलता मिल्नेछ । यो हप्ता, सबैभन्दा पहिले, आफैमा विश्वास गर्न सुरु गर्नुहोस् र अरूबाट आफ्नो अपेक्षा कम राख्नुहोस्।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् । तामाको भाँडोबाट शिवलिंगमा जल चढाएर हरेक दिन रुद्राष्टकम्को पाठ गर्नुहोस्।
मीन राशि
मीन राशिका ब्यक्तिका लागि यो साता रोकिएका कामहरू पूरा गर्न व्यस्त रहनुहुनेछ। इन्जिनियरहरुका लागि यो साता निकै शुभ रहनेछ । सामाजिक स्तरमा तपाईंको लोकप्रियता बढ्नेछ। यो साता कडा परिश्रम र कामप्रति इमान्दारीका कारण कार्यस्थलमा सफलता हात पार्न सकिनेछ । उच्च अधिकारीहरूसँग कुनै पनि प्रकारको विवादमा फस्नबाट जोगिनुहोस्। व्यापारमा कुनै पनि निर्णय आर्थिक दृष्टिकोणबाट सोचेर मात्र लिनुहोस् र कुनै जोखिम नलिनुहोस्। कुनै पनि ठाउँमा लगानी गर्नु अघि राम्ररी सोच्नुहोस्।
अदालती मामिलाहरूमा सफलता मिल्नेछ। यो साता काम र व्यापारिक दृष्टिकोणले अनुकूल रहनेछ। नयाँ विचारहरूले नयाँ योजनाहरूलाई जन्म दिनेछ, जसले तपाईंको व्यवसायलाई अझ बलियो बनाउन सक्छ। वैदेशिक कार्यमा पनि सफलता मिल्नेछ । अविवाहितको विवाह तय हुन सक्छ। घरको भित्री भागमा केही परिवर्तन गर्न सक्नुहुन्छ। तपाईंको मन आध्यात्मिक चिन्तनमा संलग्न हुनेछ। तपाईंको बोलीमा मानिसहरू धेरै खुसी हुनेछन्। पारिवारिक समस्या समाधान हुनसक्छ।
उपाय- ॐ नमो भगवते बासुदेबाय नमको १०८ जप गर्नुस् ।





























प्रतिक्रिया