आफ्नै रेकर्ड तोड्दै कामिरिता २९औं पटक सगरमाथाको चुचुरोमा [भिडियाेसहित]

आफ्नै रेकर्ड तोड्दै कामिरिता २९औं पटक सगरमाथाको चुचुरोमा [भिडियाेसहित]

केन्द्रबिन्दु
9
Shares

कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनी आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

यससँगै उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै पुरानो रेकर्ड पनि तोडेका छन्। यसअघि, गत जेठ ९ गते २८औँ पटक तथा जेठ ३ गते २७औँ पटक सगरमाथा आरोहण गरेका थिए। यस्तै, उनले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए।

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् ।

सन् १९७० जनवरी २ मा खुम्बु पासाङल्हमु गाउँपालिका ५ को थामेमा जन्मिएका शेर्पाले सन् १९९२ मा आरोहण सहयोगीका रुपमा सगरमाथा आरोहण सुरु गरेका थिए । त्यसपछि सफल आरोहण गर्दै आएका छन् । ५४ वर्षीय कामिरिताले आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से र केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

Skip This
Skip This
Logo