आगामी असार १४ गतेबाट प्रसारणमा आउने टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ को फर्स्टलुक सार्वजनिक भएको छ । बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले निर्देशन गर्ने यो शो प्राइम टाइम टेलिभिजनमा प्रत्येक शुक्रबा राति ९ बजे र ओएसआर डिजिटल युट्युव च्यानलबाट प्रसारण हुने बताइएको छ ।
साे अवसरमा पत्रकार ऋषि धमलाले ‘कमेडी दरबार’लाई प्राइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागी खुसीको कुरा भएकाे र भोलीका दिनमा टेलिभिजनमा अन्य यस्तै फरक शो र दर्शकको मनमा बस्ने शो ल्याउने बताए । कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ विकास लामिछाने, निर्देशक एलिजा गौतम, ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिति रहेको थियो ।
कमेडी दरबारको मुख्य कलाकारमा अभिनेत्री गौरी मल्ल पनि छिन् । उनी महारानीको भूमिकामा देखिदैँछिन् । गौरी मल्लासँगै अभिनेता बिजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पवित्रा शाँकी (मिस पवी)सँगै कमेडियनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले आफ्नो भूमिकाबारे जानकारी गराएका थिए ।





























प्रतिक्रिया