एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवा अर्घाखाँचीमा

एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवा अर्घाखाँचीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

एनआईसी एसिया बैंकले अर्घाखाँचीको पाणिनी–७ अड्गुरीमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।

एनआईसी एसिया बैंक प्रदेश नम्बर ५ का उपप्रमुख राजनप्रसाद पोख्रेल, अर्घाखाँची शाखा प्रमुख कृष्ण पौडेल लगायतको उपस्थितिमा सेवाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा वक्ताहरुले बैंकले शुरु गरेको सेवाले सबैलाई सहज हुने बताए ।

एनआईसी एसिया बैंक प्रदेश नम्बर ५ का उपप्रमुख राजनप्रसाद पोख्रेलका अनुसार बैंकको यो शाखारहित २७ औं बैंकिङ सेवा हो । बैंकका देशभरमा २८३ शाखा, ४१ वटा विस्तारित शाखा, २८९ वटा एटीएम सेवा र १६ लाख भन्दा बढी ग्राहक छन् ।

Skip This
Skip This
Logo