सदन अवरोध खुल्ने-नखुल्ने अनिश्चित, संसद् सचिवालय भने युद्धस्तरमा जुट्यो

सदन अवरोध खुल्ने-नखुल्ने अनिश्चित, संसद् सचिवालय भने युद्धस्तरमा जुट्यो

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ। राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ।

सभामुख देवराज घिमिरेले १२:३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै हुनुहुन्छ भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ।

तर, निरन्तर सदन अवरूद्ध गरिरहेको नेपाली कांग्रेसले आजका लागि सदन अवरोध खोल्न दिने वा नखोल्न दिने कुनै निर्णय गरिसकेको छैन।

त्यसका लागि केही बेरमा कांग्रेसले संसदीय दलको बैठक बोलाएर निर्णय गर्नेछ।

Skip This
Skip This
Logo