काठमाडौं । मोडल खुश्बु ओलीलाई चेक बाउन्स गरेको आरोपमा ३ महिना कैदको सजाय तोकिएको छ । जिल्ला अदालत, काठमाडौंले ओलीलाई चेक बाउन्स गरेको मुद्दामा दोषी ठहर गर्दै तीन महिना जेल सजायको फैसला सुनाएको हो ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्न आदेश दिएको छ । ओलीले २०१७ जनवरी ३ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले अदालतमा मुद्दा दायर गरेका थिए ।
उनी प्रहरी इन्काउन्टरमा मारिएका धादिङका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ की प्रेमिको रुपमा चिनिएकी थिईन् । मोस्ट वान्टेड सूचीमा रहेका चरी २०७१ साउन २१ गते काठमाडौंको भीमढुंगा–६ नर्सरी भञ्ज्याङमा प्रहरी इन्काउण्टरमा मारिएका थिए । चरीको गैरन्यायिक हत्या भएको भन्दै खुश्बुले चर्को मिडियाबाजी गरेकी थिइन् ।





























प्रतिक्रिया