स्टार्टअप व्यवसाय गर्न सरकारले एक हजार युवालाई कर्जा दिने

स्टार्टअप व्यवसाय गर्न सरकारले एक हजार युवालाई कर्जा दिने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक २०८१/८२ मा सरकाले १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न कर्जा दिने बताएका छन् । राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यवसाय गर्न चाहने युवालाई स्टार्टअप कर्जा उपलब्ध गराउने बताएका हुन् ।

पौडेलले नवप्रवर्तन तथा राष्ट्रिय स्टार्टअप अभियान सञ्चालन गर्ने पनि बताएका छन् । ‘प्राज्ञिक संस्थासँग सहकार्य गरी सातै प्रदेशमा विजनेश इक्युभेसन सञ्चालन गरेर स्टार्टअपलाई प्रवद्र्धन गर्ने सरकारले लक्ष्य लिएको छ, आगामी वर्ष थप यस कर्जालार्य प्रभावकारी बनाइने छ,’ उनले भने ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजन प्रणालीमा सुधार गरिने बताएका छन् । बजेट निर्माणमा देखिएका समस्या क्रमश समाधान गर्दै जाने उनको भनाइ छ । सरकारले सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने पनि उनले बताए । पौडेलका अनुसार आगामी वर्ष बचत तथा ऋणका सहकारी मर्ज गर्ने नीति लिएको छ ।

Skip This
Skip This
Logo