किङ्गलोङ्गको नयाँ सोरुम पानीपोखरीमा

किङ्गलोङ्गको नयाँ सोरुम पानीपोखरीमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सिजि मोटर्सले ग्राहकको सहजताको लागि काठमाडौंको पानीपोखरीमा किङ्गलोङ्गको नयाँ सोरुम ल्याएको छ।

उक्त सोरुमको किङ्गलोङ्गका चेयरम्यान ल्यीउ झिजुनले एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरेका हुन्।

किङ्गलोङ्गको पानीपोखरीस्थित् नयाँ शोरूमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध रहेको बताइएको छ। सबै भेरियन्टहरुमा उत्कृष्ट काल्ट ब्याट्री प्रविधिको प्रयोग भएको र जसले गर्दा एक फूल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्ने बताइएको छ। किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरु मा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ केडब्लुएचको ब्याट्री पाउन सकिने र यसका साथै उक्त गाडीमा एबिएस, इबिडी, १८० एमएम, ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसिजस्ता विशेषता पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्ने कम्पनीको दाबी छ।

किङ्गलोङ्ग १६ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५३.५८ केडब्लुएचकोको ब्याट्री प्रयोग गरिएको र उक्त गाडीमा १५ इन्चको टाएर पाउन सकिन्छ भने गाडीमा पनि एबिएस, सेन्ट्रल लकिङ्ग, एसि, रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर विथ बजर, एभिएएस. जस्ता विशेषताहरू पाउन सकिने कम्पनीले बताएको छ।

किङ्गलोङ्ग १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेग्मेन्ट अन्तर्गत पर्ने र यसमा ७७.२८ केडब्लुएचकोको ब्याट्री समावेश गरिएको छ। साथै, गाडीमा २२० एमएमको उत्कृष्ट ग्राउण्ड क्लेरेन्स पाउन सकिन्छ भने १६ इन्चको टाएर, एबिएस, रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर, एभिएएस, सेन्ट्रल लकिङ्ग, एसी, एलइडी, डिआरएल विथ प्रोजेक्टर हेड ल्याम्प जस्ता विशेषताहरू पाउन सकिने बताइएको छ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ब्याट्री र मोटरमा २ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलहरुमा ४ लाख किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टि पाउन सकिने कम्पनीले बताएको छ।

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिने कम्पनीले बताएको छ।

Skip This
Skip This
Logo