रुपन्देहीको औषधि उद्योगमा भिषण आगलागी

रुपन्देहीको औषधि उद्योगमा भिषण आगलागी

केन्द्रबिन्दु
0
Shares

बुटवल,
रुपन्देहीमा एउटा औषधि उद्योगमा आगलागी हुँदा करोडौको क्षति भएको छ । रुपन्देहीको ओमसतिया गाँउपालिकामा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुँदा करोडौको औषधि तथा कच्चा पदार्थ जलेर नष्ट भएको हो ।

उद्योगमा दिउँसो ४ बजेपछि आगलागी सुरु भएको थियो । आगलागी भएको करिब डेढ घण्टा पछि मात्रै दमकल पुगेको स्थानीयले बताएका छन् । दमकल पुग्न ढिलाइ हुँदा आगलागीबाट ठुलो क्षति भइसकेको अनुमान गरिएको छ । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी धर्मराज भण्डारीले आगलागीको खबर पाउने बित्तिकै बुटवल, भैरहवा र तिलोत्तमाको दमकल पठाइएको बताए । तीन वटा दमकलले पनि आगो नियन्त्रणमा लिन नसकेपछि लुम्बिनी, परासी र सुनवलबाट समेत दमकल बोलाइएको थियो । घटना स्थलमा ४,५ वटा दमकलले आगो नियन्त्रणमा लिएको डिएसपी भण्डारीले बताए । आगलागीको कारण खुल्न सकेको छैन ।
नागरिकबाट

Logo