बोल्ड अवतारमा अदिती, नेपाल भन्दा भारतमा बढी चर्चा

बोल्ड अवतारमा अदिती, नेपाल भन्दा भारतमा बढी चर्चा

केन्द्रबिन्दु
0
Shares

भारतमा बस्दै आएकी अभिनेत्री अदिती बुढाथोकी सामाजिक सञ्जालमा धेरै क्लिक गरिने अनुहार हो । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । फिल्म ‘कृ’ मा अनमोल केसीको अपोजिटमा देखिएकी अदितीले आफ्नो सामजिक सञ्जालमा कामुक तस्विरहरु पोष्ट गर्दै आएकी छन् । जसका कारण उनलाई फ्लो गर्नेको संख्या अत्यधिक बढेको छ । भारतीय सञ्चारमाध्यमहरुमा समेत चर्चा हुने अदितीलाई भारतीयले सनी लियोनीसँग दाँज्ने गरेका छन् ।

सन्नी लियोनी जस्ता कैयौं हिरोइनले बलिउडमा आगो लगाउने गरेका छन् । ति मध्ये अदिती पनि अगाडि छिन्, । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै भारतीय अनलाई मिठिया एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट भएको दाबी गरेको छ ।
उनले आफ्नो हट अवतारका तस्बिरहरु र भिडियोहरु सामजिकसञ्जाल इन्स्टाग्रामा पोष्ट गरिरहन्छिन् । उनी अभिनयको भन्दा पनि उनको कामुक तस्बिरले बढी चर्चामा आउँछिन् ।

प्राय स्वीमिङ पुलमा खिचिएको बिकीनी पोजको तस्बिर भाइरल हुने गर्छ । केही समयअघि मात्र अदितीले आफ्नो इन्स्टाग्राममा पहेलो रंगको बिकीनी लगाएको तस्बिर पोष्ट गरेकी छिन् । भारतको जयपुर पुलमा खिचिएको उक्त तस्बिरमा उनी निकै खुलेकी छिन् । अदितीले ह्याजट्याग सन किस्ड ह्याजटयग पूल डे लेख्दै कामुक तस्विर पोष्ट गरेकी छिन् ।

आकर्षक व्यक्तित्वको धनी अदितीको फ्यान फलोइङ लोभलाग्दो छ । उनलाई सामाजिक सञ्जालहरुमा पछ्याउनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । इन्स्ट्राग्राममा उनको झण्डै ८ लाख फलोअर्स छन् । मोडलबाट आफ्नो करियर सुरुवात गरेकी अदिती केहि फिल्म र टिभी शोमा काम गरेकी छिन् । भारतमा मोडलिङबाट प्रवेश गरेकी उनी भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । साथै पञ्जाबी म्युजिक भिडियो समेत देखिएकी छिन् ।

Logo