शल्यक्रिया गरेर गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त

शल्यक्रिया गरेर गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ। ५६ बर्षिय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए।

आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ।

पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो। पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको उपप्रधानमन्त्री थोमस ताराबालले सञ्चारमाध्यमलाई जानकारी दिए।

ताराबाले फिकोको शल्यक्रिया गरिएको बताउँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन्।

बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उनिमाथि आक्रमण भएको हो। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ र सोधपुछ जारी राखेको जनाएको छ। स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गरेकी छन।

यस्तै, घटनापछि गृहमन्त्री माटेउज सुताज इस्टोकले आक्रमण राजनीतिक रूपमा प्रेरित भएको टिप्पणी गरेका छन्।

राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा सहरमा आक्रमण भएको हो। युरोपेली आयोगका प्रमुखले आक्रमणको निन्दा गरेका छन। फिकोले ३० सेप्टेम्बर २०२३ मा स्लोभाकियामा संसदीय चुनाव जितेका थिए।

Skip This
Skip This
Logo