एक वर्षको बजेटभन्दा अब १० वर्षमा देशलाई कहाँ पुर्याउने भिजन राख्नुपर्छ: अध्यक्ष कार्की

एक वर्षको बजेटभन्दा अब १० वर्षमा देशलाई कहाँ पुर्याउने भिजन राख्नुपर्छ: अध्यक्ष कार्की

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले एक वर्षको बजेट कस्तो बनाउनेभन्दा अब १० वर्षमा देशलाई कहाँ पुर्याउने भनेर भिजन राख्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा ईमानद्वारा इप्पान र नाडासँगको सहकार्यमा आयोजित प्री-बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले एक वर्षको बजेट कस्तो बनाउनेभन्दा अब १० वर्षमा देशलाई कहाँ पुर्याउने भनेर भिजन राख्नुपर्ने बताएका हुन्।

उनले सरकारले बनाउने बाटो हाइड्रोपावर व्यवसायीले बनाएको बताउँदै १० वर्षमा १० हजार मेगावाट विद्युत आफूहरूलाई नै बेच्नुपर्ने र त्यसका लागि आगामि बजेटमार्फत जलविद्युतको विकास गर्नका लागि उर्जा दशको रूपमा घोषणा गर्ने सरकारसमक्ष आग्रह गरे।

यस्तै, नेपाल धितोपत्र बोर्डको अध्यक्ष नहुदाँ समस्या भएको औँल्याउदै भने,‘सेवनमा अध्यक्ष नहुँदा सेवन कस्ले चलाउने भन्ने विषयपनि बजेटमार्फत लागू गरियोस्। सेवनमा अध्यक्ष नहुँदापनि जलविद्युतका लगानीकर्ताले समस्या भोग्नुपर्छ।’

उत्पादनमा लाग्ने करको दर छुट दिनका साथै जलविद्युतका नीतिगत विषय र करका दरमा हेरफेर गर्न उनले सरकारसँग आग्रह गरे।

Skip This
Skip This
Logo