७ दिनभित्र कर तिर्न पप्पुसहित २६ कम्पनीलाई अल्टिमेटम

७ दिनभित्र कर तिर्न पप्पुसहित २६ कम्पनीलाई अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निलम्बित सांसद हरिनारायण प्रसाद रौनियारको कम्पनी पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न मध्यमस्तरीय कर कार्यालयले अल्टिमेटम दिएको छ ।

फोन सम्पर्क, पत्राचार, इमेल गर्दासमेत सम्पर्कमा नआएको भन्दै कर कार्यालय ति कम्पनीहरुलाई ७ दिन भित्र कर तिर्न अल्टिमेट दिएको हो । कार्यालय सूचना जारी गर्दै सातदिनभित्र सम्पर्कमा आएर कर नतिरे कानून बमोजिम कारवाही गरिने चेतावनी दिईएको छ ।

बक्यौता कर दाखिला गर्न र दाखिला भएको भए प्रमाण पेश गर्न कार्यालयले ७ दिनको समयसीमा तोकेको छ । पप्पुसँगै कर नतिर्नेमा कालिका प्यासिफिक जेभी, सोवर्ण निर्माण सेवा, भैरवी इन्टरप्राइजेज लगायतका रहेका छन् ।

Skip This
Skip This
Logo