काठमाडौं । काठमाडौँ उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ । आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुई पांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौंमा हुने दुई पांग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट लगाएको चालक भन्दा पछाडी बस्ने व्यक्ति घाइते भएको र मृत्यु दर समेत पछाडी बस्नेको बढी भएकोले दुई मोटरसाइकल र स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।





























प्रतिक्रिया