काठमाडौं । नेपाली अभिनेत्री प्रियंका कार्की विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागीता जनाउने भएकी छन् । फ्रान्समा आयोजना भईरहेको फिल्म फेस्टिभलमा पहिलो पटक नेपालले प्रतिनिधित्व गर्ने मौका पाएको हो । उक्त फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् ।
अभिनेत्री प्रियंका कार्की कान्सको पहिलो ब्राण्ड एम्बेस्डर बनेकी छिन् । नेपालको तर्फबाट कान्समा सहभागिता जनाउने पहिलो अभिनेत्रीको सूचिमा प्रियंकाको नाम दर्ता भएको हो । कान्सको छनौट समितिले प्रियंकालाई गएको अप्रिलमै निम्ता पठाएको थियो ।
अभिनेत्री कार्कीले सामाजिक सञ्जालमार्फत केही दिनअघि मात्रै आफू कान्समा जाने जानकारी दिएकी थिइन् । प्रियंकाले २० मे अर्थात सोमबार रेड कार्पेटमा आफ्नो जादू देखाउने छिन् ।
कान्समा सहभागी हुन प्रियंका फ्रान्स प्रस्थान गरिसकेकी छिन् । कान्समा बलिउडबाट अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या रायलगायतका अभिनेत्रीहरु सहभागी हुँदै आइरहेका छन् ।































प्रतिक्रिया