काठमाडौं । नेपाल सरकारको २०८० चैत मसान्तसम्ममा कुल चालु खर्च र पूँजीगत खर्च घटेको देखिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा चालु खर्च र पूँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ८.९ प्रतिशत र ९.२ प्रतिशतले घटेको देखिएको हो।
कुल चालु खर्च र पूँजीगत खर्च घटेपनि राजस्व परिचालनभने ९.४ प्रतिशतले बढेको एव बजारबाट लक्ष्यकै हाराहारीमा आन्तरिक ऋणसमेत परिचालन भएकाले खुद सार्वजनिक वित्त परिचालन संकुचनकारी रहेको छ।
नेपाल सरकारको सार्वजनिक खर्च चौथो त्रैमासिकमा धेरै हुने विगतका प्रवृत्तिको आधारमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा सार्वजनिक खर्च वृद्धि हुने अनुमान गरिएको छ।































प्रतिक्रिया