विपक्षी दलको बैठक बानेश्वरमा जारी

विपक्षी दलको बैठक बानेश्वरमा जारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसिरहेको छ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बैठकमा जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी छन्।

Skip This
Skip This
Logo