एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

केन्द्रबिन्दु
21
Shares

मस्को । रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ। रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड क्षेत्रमा छ वटा, ‘ब्ल्याक सि’मा छ वटा र क्रुक्स क्षेत्रमा एउटा ड्रोन नष्ट गरेको जनाएको छ।

मस्कोस्थित रक्षामन्त्रालयले युक्रेनद्वारा गए राति गरिएको सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको दाबी गरेको छ। जुन रुसी सेनाले पछिल्लो १८ महिनामा अग्रस्थानमा रहेर प्राप्त गरेको ठूलो भू–भाग थियो।

रुसले गत मे ९–१५ को अवधिमा दुई सय ७८ वर्ग किलोमिटर युक्रेनी भू–भाग नियन्त्रणमा लिन सफल भएको जनाएको छ। अध्ययन संस्थान (आइएसडब्ल्यू)काअनुसार सन् २०२२ को डिसेम्बरको मध्यदेखि हालसम्म गरिएका आक्रमणमध्ये एउटै आक्रमणबाट प्राप्त ठूलो भू–भाग हो।

Skip This
Skip This
Logo