काठमाडौं । नयाँ बानेश्वरस्थित् संघीय संसद भवन अगाडि गृहमन्त्री रवि लामिछानेविरूद्ध प्रदर्शन गर्दा ११ जना पक्राउ परेका छन्।
शुक्रबार केही बेर अगाडि संघीय संसद भवन अगाडि गृहमन्त्री लामिछानेविरूद्ध प्रदर्शन गर्दा ११ जना नेपाल विद्यार्थी संघ(नेविसंघ)का कार्यक्रताहरू पक्राउ परेका हुन्।
उनीहरूले गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर प्रदर्शन गरिरहेका थिए।
पक्राउ पर्ने ९ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।































प्रतिक्रिया