घट्यो डलर, पाउण्ड र युरोको भाउ

घट्यो डलर, पाउण्ड र युरोको भाउ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर शुक्रबारको तुलनामा घटेर आएको छ। आज डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ। शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसामा कारोबार भएको थियो।

आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०२ पैसामा झरेको छ। हिजो पाउण्डको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको थियो।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भैरहेको छ।

Skip This
Skip This
Logo