टुटलका चालकले युवती पछ्याएपछि…..

टुटलका चालकले युवती पछ्याएपछि…..

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

जेठ २ गते रीना (नाम परिवर्तन) नक्सालबाट उनको घर पानीपोखरी जान टुटल बोलाइन् । समय दिनको ३ बजेको थियो । उनी घर त पुगिन् तर उनलाई टुटलका चालकको तारन्तार फोन र म्यासेजले हैरान बनाएको छ ।

३ गते शुक्रबार बेलुकी त्यही टुटल चालकको नम्बरबाट उनलाई फेरी म्यासेज आयो । त्यस्ता म्यासेजहरु एकपटक होइन पटकपटक आइरहे । अत्ति नै भएपछि उनले टुटललाई एप्लिकेसन मार्फत उजुरी गरिन् । यद्यपि टुटलले उनलाई न त कुनै प्रतिक्रिया दियो न त आश्वासन नै ।

‘त्यो चालकले साथी बन्ने भन्दै मेरो फेसबुक प्रोफाइल मागिरहेको छ’ उनले भनिन् । उनले अहिलेसम्म आफ्नो परिवारलाई यो विषयमा सुनाएकी छैनन् । आफ्नो कारणले परिवारलाई दुख दिन नचाहेको उनको भनाइ छ ।

यो एउटा प्रतिनिधी घटना मात्र हो । त्यसो त काठमाडौंको जाम र अस्तव्यस्तताको समयमा टुटल, पठाओ लगायतले मोटरसाइकलमा सशुल्क यातायात सेवा प्रदान गरिरहेका छन् । यसमा विशेष गरी युवाहरुको आकर्षण राम्रै देखिएको छ। यद्यपि पछिल्लो समय महिलाहरुले मोटरसाइकल सेयरिङमा समस्या रहेको समेत बताउँदै आएका छन् ।

ती टुटल चालकलाई सम्पर्क गर्दा उनले ती महिलालाई म्यासेज पठाएको स्वीकार्दै ‘त्यस्तो व्यवहार नदोहोर्याउने’ बताए । टुटलका सिइओ शिक्षित भट्ट ग्राहकसँग हुन सक्ने गलत क्रियाकलापलाई रोक्न टुटलमा मोनिटरिङ् सिस्टम रहेको बताउँछन् । ‘तपाइँले दिएको जानकारी सही भएको पाइयो भने हामी एक्सन लिनेछौं । ’उनले थपे ‘गन्तव्यमा पुगेपछि ग्राहकले नराम्रो रेटिङ गर्न पाउँछन्, त्यस्तो भएमा हामी सन्दर्भ हेरेर उक्त चालकलाई टुटल प्रयोग गर्न नसक्ने गरी तुरुन्त ब्लक गर्छौ ।’
नागरिकबाट

Skip This
Skip This
Logo