विपक्षी दलहरुले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म संसद बैठक नचलाउन आग्रह गरेका छन् ।
छानबिन समितिको टीओआर टुंग्याउन कानूनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको बैठक जारी छ। कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्। बिहान ११ बजे बोलाइएको संसद बैठक अझै बस्न सकेको छैन ।





























प्रतिक्रिया