प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिनबाट रोक्न उपेन्द्र सर्वोच्चमा

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिनबाट रोक्न उपेन्द्र सर्वोच्चमा

केन्द्रबिन्दु
78
Shares

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनले आफ्नो पार्टी विभाजनको छिनोफानो नभएसम्म प्रधानमन्त्री दाहालले विश्वासको मत लिन नसक्ने भन्दै रिट दायर गरेका हुन् ।

प्रधानमन्त्रीले भोलि जेठ ७ गते सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारमा छन् । त्यसका लागि प्रधानमन्त्रीले संसद सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् । तर, जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको तथा उनीहरूबाट विश्वासको मत लिन नमिल्ने उनको जिकिर छ ।

Logo