मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल

केन्द्रबिन्दु
12
Shares

रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको छ। भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिए। उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ।

नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ। उनका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरु पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्।

Skip This
Skip This
Logo