काभ्रेमा आज १५ संक्रमित थपिए, १२ जना निको भए

काभ्रेमा आज १५ संक्रमित थपिए, १२ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज १५ जना संक्रमित थपिएका छन् । आज १२ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १२४ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका ७, धुलिखेलका ७ र पनौतीका १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३१ सय २४ पुगेको छ । निको हुनेको संख्या २९ सय ३७ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १ सय ४७ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ४० पुरुष र १५ महिला गरी ५५ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

Skip This
Skip This
Logo