काठमाडौं । व्यापार घाटा घटाउने सङ्घर्ष गरी रहेको नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । नेपालको वैदेशिक व्यापार घाटा महिनैपिछे उतारचढाव आएता पनि पछिल्लो केही महिना यता व्यापार घाटा बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
भन्सार विभागका अनुसार विभिन्नदेशसँग चैत्रसम्म १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ व्यापार घाटा भएको थियो । साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको गरेको छ भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको छ । आयात घटाउँदै लाने निर्यात बढाउँदै लाने संकल्प लिएको सरकारले यो तथ्यांक हेर्दा यस विषयतर्फ ध्यान नपुगे विभागको तथ्यांकले झल्काउँछ ।
नेपालले अहिले १६८ देशसँग वस्तु आयात तथा निर्यात गर्दै आएका छ । उक्त देश मध्ये अधिकांश देशसँग नेपालको व्यापार घाटा रहेको भन्सार विभागको बैशाख महिनासम्मको तथ्यांकले देखाउँछ । विभागका अनुसार नेपालको सबै भन्दा बढी व्यापार घाटा भारत, चीन, इन्डोनेसिया, मलेसिया युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया र बंगलादेशसँग रहेको छ ।
अहिलेका अवस्थामा नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेका विभागले बताएको छ । विभागका अनुसार पछिल्लो १० महिनामा भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बढी रहेको छ । भरतबाट बैशाख महिनासम्म ८ खर्ब १५ अर्ब ७२ करोड ९५ लाख ५५ हजारको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट भारतमा ८ खर्ब ६० अर्ब २३ करोड ८ लाख ५० हजार रुपैयाँको वस्तु गएको छ ।
त्यस्तै, नेपालको व्यापार घाटा चीनसँग पनि उच्च छ । चालु आर्थिक वर्षको सुरुवाती १० महिनामा नेपालको चीनसँग व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोड ७७ लाख ९० हजार रहेको विभागले बताएको छ । वैशाखसम्ममा चीनबाट नेपालमा २ खर्ब ४० अर्ब ८३ करोड २३ लाख ३७ हजार बराबरको बस्तु आयात भएको छ भने नेपालबाट चीनमा २ अर्ब २७ करोड ४५ लाख ४७ हजार रुपैयाँको वस्तु निर्यात भएको पनि विभागले जानकारी दिएको छ ।
यसैगरी इन्डोनेसियासँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको देखिन्छ । पछिल्लो १० महिनामा नेपालको इन्डोनेसियासँग व्यापार घाटा ९ अर्ब ३२ करोड ९२ लाख ८७ हजार रुपैयाँ पुगेको छ । विभागका अनुसार नेपालबाट इन्डोनेसियामा २० करोड ९३ लाखको बस्तु निर्यात भएको छ भने उक्त देशबाट ९ अर्ब ५३ लाख ८५ करोड ९० लाख रुपैयाँको सामान आयात भएको छ ।
युएईसँग पनि नेपालको व्यापार घाटा क्रमशः बढ्दै गएको देखिन्छ । पछिल्लो १० महिनामा युएईसँग नेपालको व्यापार घाटा २४ खर्ब ३० अर्ब ७८ १० लाख रुपैयाँ रहेको छ । यस देशबाट पनि सामान बढी निर्यात कम भएको देखिन्छ । नेपालले युएईमा २ अर्ब २० करोड ५४ लाख २९ हजार निर्यात र २ खर्ब ६५ अर्ब ५१ करोड ३२ लाख ३९ हजारको बस्तु आयात भएको विभागले बताएको छ ।
यस्तै, नेपालको अस्ट्रेलियासँग पनि व्यापार घाटा चुलिँदै गएको विभागको तथ्याङकले देखाएको छ । भन्सार विभागका अनुसार पछिल्ला १० महिनामा नेपालको अस्ट्रेलियासँग व्यापार घाटा १० अर्ब ५० करोड ४२ लाख ४हजार रुपैयाँ पुगेको छ । सो अवधिमा अष्ट्रेलियाबाट ११ अर्ब ९७ करोड १ लाख ७७ हजारको वस्तु भित्रिएको छ भने नेपालबाट १ अर्ब ४६ करोड ५९ लाख ७३ हजार रुपैयाँको वस्तु अष्ट्रेलिया निर्यात भएको विभागले बताएको छ ।
मलेसियासँग नेपालको चालु आर्थिक वर्षको यो महिनासम्ममा १५ अर्ब ११ करोड ३७ लाख १३ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । मलेसियाबाट १५ अर्ब ३० करोड ६२ लाख ८ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट ६ करोड १५ लाख १६ हजार रुपैयाँको वस्तु मलेसिया पठाइएको छ । बंगलादेशसँग व्यपार घाटाले पनि रेकर्ड कायम गर्ने क्रम जारी छ । बंगलादेशसँग नेपालको व्यापार घाटा ३ अर्ब १६ करोड ८१ लाख १ हजार रुपैयाँ रहेको छ । बंगलादेशबाट नेपालमा ३ अर्ब ४८ करोड ८६ लाख ९४ हजार रुपैयाँको वस्तु आयात र नेपालबाट बंगलादेशमा ३२ करोड ५९ लाख ३ हजार रुपैयाँ सामान निर्यात भएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार व्यापार घाटा अर्जेन्टिनासँग यो महिनासम्ममा ९ अर्ब ५३ करोड ३४ लाख ९६ हजार पुगेको छ । अर्जेन्टिनाबाट नेपालमा १६ लाख ४३ हजारको सामान निर्यात गरेको छ भने ९ अर्ब ५३ करोड ५१ लाख ३९ हजार रुपैयाँको वस्तु भित्रिएको पनि विभागले बताएको छ । यसैगरी युक्रेनसँग पनि नेपालको व्यपार घाटा यो महिनासम्ममा १५ अर्ब ८४ करोड ७ हजार रुपैयाँ पुगेको छ । नेपालले युक्रेनबाट १५ अर्ब ८४ करोड ४२ लाख ६ हजार रुपैयाँको वस्तु आयात गरेको र नेपालले भने मात्र ४ लाख १ ९हजार रुपैयाँको वस्तु युक्रेनमा निर्यात गरेको पनि विभागको तथ्याङ्कमा उल्लेख छ । विभागको तथ्याङकले ब्रुनाई दारुसलाम चालु आर्थिक महिनासम्म अर्ब ४६ करोड ५१ लाख ३१ करोड रुपैयाँ रहेको देखाएको छ ।































प्रतिक्रिया